महिला वचत तथा ऋण सहकारी संस्था लि. प्रदेश नं. १ सुनसरी जिल्लाको इटहरीमा सहकारीताको माध्यमवाट खासगरी महिला सशक्तिकरण गर्दै समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक रुपले जीवनस्तर बृद्धि गर्नका स्थापित सहकारी संस्था हो । २०५५ आश्विन २२ गते वचत तथा ऋण सहकारीको रुपमा स्थापना भएको संस्थाले स्थापनाको २० औं वर्षमा आईपुग्दा ५ हजार सदस्यहरुलाई आवद्ध गर्न सफल भई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । स्थापनाकालमा ७५ जना सदस्यको रु १ लाख शेयर पुँजीबाट स्थापना भएको संस्थाले कम पूँजी तथा निम्न आय भएका श्रमिक, किसान, कालिगड, साना व्यापारी, उद्यमी र सर्वसाधारणलाई सदस्यता प्रदान गरि सदस्यको आर्थिक जिवनस्तर उकास्ने काम गरेको छ । संस्थाले वचत तथा ऋण कारोवारका अलावा वातावरण सफा राख्न नगर क्षेत्रभित्र ठाउँ ठाउँमा वृक्षारोपण तथा सरसफाई सम्बन्धि जनचेतना जगाउन सरसफाई अभियान कार्यक्रम, प्रत्येक बर्ष जेष्ठ नागरिक सम्मान तथा तिर्थाटन कार्यक्रम, रक्तदान जिवनदान को मूल नारालाई आत्साथ गर्दै हरेक वर्ष रक्तदानको कार्यक्रम संचालन गर्ने गरेको छ । त्यस्तै उच्च शिक्षा उतिर्ण गरेका र सदस्यका छोरा छोरीहरुलाई पनि प्रत्येक बर्ष ससम्मान प्रशंसापत्र तथा नगद पूरस्कार वितरण गर्दै आएको छ । चेलिबेटी बेचबिखन, वाल बिवाह, बहूबिवाह, मद्यपान धुमपान एवँ लागूपदार्थ विरुद्ध अभियान, अन्तर स्कूल छात्राहरुका बिच हाजिरी जवाफ प्रतियोगिता, अन्तर स्कूल चित्रकला प्रतियोगिता, जिल्ला स्तरिय अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता, यूवाहरुलाई आधारभूत पत्रकारिता तालिम तथा यूवा समितिको पहलमा मासिक रुपमा भित्ते पत्रिका प्रकासन, नागरिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रम, महिला स्वास्थ्य सम्बन्धी शिविर, बिद्यार्थीहरुलाई निःशूल्क रुपमा स्वास्थ्य परिक्षण तथा औषधी वितण लगायत बिबिध सामाजीक सामुदायिक कार्यक्रमहरु गर्दै आएको छ । संस्थाले प्रतिस्पर्धात्मक रुपमा दक्ष कर्मचारीहरु नियुक्त गरि आवश्यकता अनुसारका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तालिमहरु प्रदान गर्दै आएको छ भने संचालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उप–समितिका पदाधिकारीहरुलाई तालिमहरु उपलब्ध गराएको छ भने सदस्य लाई समेत तालिम तथा शिक्षा दिदै आईरहेको संस्थाले क्रमबद्ध रुपमा प्रगति गर्दै समाज, राष्ट्र तथा अन्तरष्ट्रिय स्तरमा आफ्नो ख्याति तथा पहिचान वनाउन सफल भएको छ । बिभिन्न उत्कृष्ट राष्ट्रि तथा अन्र्तराष्ट्रय पुरस्कारहरु हासिल गर्न सफल भएको संस्था बिभिन्न छाता संगठनहरु जस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. काठमाण्डौ, राष्ट्रिय सहकारी संघ लि. ललितपुर , राष्ट्रिय सहकारी बैंक लि. काठमाण्डौ, बचत तथा ऋण सहकारी संघ लि. सुनसरी , जिल्ला संघ सुनसरी को सदस्य समेत रहि निरन्तर सहकार्य गरिरहेको छ । संस्थाको संस्थागत बिकासको लागि २०६० साल देखि नेफ्स्कून द्धारा संचालीत संस्थागत बिकास कार्यक्रममा संलग्न पल्र्स प्रणालीलाई पूर्ण रुपमा अनुसरण गर्दै संस्थागत नीति, कार्यविधि, योजना र कार्ययोजनाहरु निर्माण गरि सोहि अनुसार संस्था संचालन गरिएको छ । संस्थाले ०६०/०६१ साल देखि नै रणनीतिक योजनाहरु तयार गरी कार्यान्वायन गर्दै आईरहेको र आ.व. ०७५/७६ सम्मान ४ वटा रणनीतिक योजना पुरा गर्ने छ । एसियालि ऋण माहासंघको प्राबिधिक सहयोग र नेफ्स्कूनकाृे प्रत्यक्ष निगरानीमा २०६८ साल देखि नै एक्सेस व्राण्डीङ कार्यक्रममा संलग्न भई वि.सं. २०७३ साल देखि लगातार द्यचयलशभ तहको एक्सेस ब्राण्ड समेत प्राप्त गर्न सफल भएको छ । जसले संस्थाको सदस्यहरुमा सकरात्मक प्रभाव पार्न सफल भएको छ भने आगामी दिनहरुमा संस्थालाई थप उचाईमा पुर्याउन प्रयत्नरत छौं ।