नियमित वचत

“तपाईको कमाई हामी संगको कारोवार,नियमित बचत सुरक्षित भविस्यको आधार”

उद्देश्यहरु :

  1. सदस्यहरुको बचत गर्ने बानीको बिकास गर्ने ।
  2. दैनिक रुपमा गरिने खर्चबाट थोरै थोरै बचत गरी महिनामा कम्तिमा रु १०० बचत गर्न सक्ने बनाउने ।
  3. सदस्यहरुको आर्थिक समृद्धि गर्ने ।
  4. सदस्यहरुलाई निरन्तर बचत गर्ने कार्यमा संलग्न रहिरहन प्रेरित गर्ने ।

विशेषताहरु :

  1. सेयर सदस्यता लिने समयमानै निःशुल्क खाता खोलिने ।
  2. बचतको आधारमा ऋण लिने नीति अबलम्बन हुने ।
  3. बचत नियमित नभएमा संस्थाको नियमानुसार सेवा सुविधा उपलब्ध नगराइने ।
  4. अग्रिम नियमित मासिक बचत जम्मा गर्न सकिने ।
  5. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  6. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका सदस्यहरुले अनिवार्य रुपमा भाग लिनुपर्ने ।
  2. सदस्यता कायम रहुन्जेल निरन्तर खाता संचालन गर्नुपर्ने ।
  3. मासिक न्यूनतम रु. १००।– बचत गर्नुपर्ने ।
  4. बचत नियमित नभएमा मासिक रु. ५।– बिलम्ब शुल्क लाग्ने ।
  5. नियमित बचत खाता बन्द गर्दा रु. १००।– शुल्क लाग्ने ।
  6. अति आवश्यक भएमा न्युनतम् रु. १०,०००।– राखि सो भन्दा माथि जम्मा भएको रकम निकाल्न सकिने ।
  7. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

ऐच्छिक वचत

“हुदाँ बचत गरेमा, गर्जो टर्छ समस्या परेमा”

उद्देश्यहरु :

  1. सदस्यहरुलाई सरल बित्तिय सेवा प्रदान गर्ने ।
  2. सदस्यहरुको आर्थिक कारोबारमा सहयोग पुर्याउने ।
  3. सदस्यहरुले घर तथा पसलमा नगद राख्दा हुने जोखिमलाई हटाउन ।
  4. सदस्यहरुलाई संस्थामा निरन्तर कारोबार गरिरहन प्रेरित गर्ने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  3. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  4. निःशुल्क पासबुक र भुक्तानी पुर्जा उपलव्ध गराईने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
  2. न्यूनतम मौज्दात रु. १००।– हुनुपर्ने ।
  3. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

आवधिक बचत (३ महिने— ३ वर्षसम्म)

आवधिक बचत (३ महिने— ३ वर्षसम्म)

उद्देश्यहरु :

  1. सदस्यहरुको तत्कालै प्रयोगमा नआउने रकमलाई सुरक्षा प्रदान गरिने ।
  2. सदस्यहरुले घरपरिवारमा धेरै रकम लामो समयसम्म राख्दा हुनसक्ने जोखिम हटाउने ।
  3. सदस्यहरुको बचतमा उच्चतम् प्रतिफल प्रदान गर्ने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
  2. न्युनतम रु. ५,०००।– बाट खाता संचालन गर्न सकिने ।
  3. निम्नानुसारका आवधिक बचत खाताहरु संचालन गरिनेछ ।
    •   क) ९० दिने आवधिक बचत
    •   ख) १८० दिने आवधिक बचत
    •   ग) एक बर्षे आवधिक बचत
    •   घ) दुई बर्षे आवधिक बचत
    •   ङ) तीन बर्षे आवधिक बचत
  4. जुन अवधिको आवधिक खाता संचालन गर्ने हो सो अवधि सम्मका लागि
    एकमुष्ठ बचत जम्मा गर्न सकिने ।
  5. पहिल्यै निश्चित गरिएको समय सम्म रकम निकाल्न नपाइने ।
  6. आवश्यक परेमा जम्मा रकमको ९०∞ सम्म तत्कालै ऋण लिन सकिने ।
  7. आवधिक बचत ऋण लिदाँ आवधिक बचतको व्याजदरमा ३% थप गरि ऋण सुबिधा प्रदान गरिने ।
  8. समयावधि नपुगी खाता बन्द गर्नु परेमा पहिल्यै खातामा प्रविष्टि गरेको तथा पाकेको व्याज रकमबाट
    साविकको व्याजदरमा ५% का दरले व्याजदर कट्टागरि भुक्तानी गरिने ।
  9. मासिक/त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।

साह्रो गाह्रो बचत

“हातमा हात मिलाउन हामी छौँ तयार, सानो सानो वचतले दिन्छ ठूलो आधार”

उद्देश्यहरु :

  1. सदस्यहरुलाई कार्यलय समय भरीमा जतिखेर पनि स–सानो रकम झिक्न सक्ने सुबिधा प्रदान गर्ने ।
  2. आपत विपत परेको वेला सहयोग हुने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न र वन्द गर्न सकिने ।
  2. जतिपनि रकम जम्मा गर्न सकिने ।
  3. आकस्मिक अवस्थामा रकम झिक्न पाईने ।
  4. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  5. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
  2. खातामा रु. ५,००० भएमा आकस्मिक अवस्थामा रु. २५,००० सम्म १५ दिनको लागि विना व्याजमा ऋण पाईने ।
  3. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

बाल वचत

“बालबच्चाहरुको भविष्य, बचतले पुरा गर्छ सपना अवश्य”

उद्देश्यहरु :

  1. बालबालिका लाई असल संस्कार सिकाउने ।
  2. सानैदेखि बचत गर्ने बानीको विकास गर्ने ।
  3. भविष्यसम्म पनि रकम सहि काममा सदुपयोग गर्न प्रेरित गर्ने ।
  4. भविष्यमा संस्थाको असल सदस्यमा रुपान्तरण गर्ने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. रु.१०।–(दश) देखि माथी जतिपनि रकम जम्मा गर्न सकिने ।
  3. रु. २०,०००।– भन्दा बढी बचत भएमा वाल उत्प्रेरणा कार्यक्रममा सहभागी गराईने ।
  4. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  5. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  6. पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराईने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थामा आवद्ध सदस्यहरुका एकाघर परिवारका १६ बर्ष मुनिका बालबालिकाहरुले भाग लिनसक्ने ।
  2. नागरिकता प्राप्त नगरुन्जेल सम्म बचत रकम जम्मा हुने निकाल्न नपाइने ।
  3. समयावधि नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
  4. नागरिकता प्राप्त गरेपछि सदस्य बनेमा खातामा भुक्तानी गरिने । सदस्य नबन्ने भएमा
    खातामा जम्मा भएको रकम अभिभावक र बाल सदस्यको सहमतिमा बाल बचत बन्द गर्न सकिने ।
  5. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

स्कुटी वचत

“स्कुटी बचतमा जम्मा गरौं पैसा खरखर, अनि चढौं स्कुटी सररर”

उद्देश्यहरु :

  1. सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
  2. सवारी साधनमा अरुको भर पर्नु नपर्ने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. दैनिक मौज्दातमा व्याज दिईने ।
  3. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
  2. थोरै थोरै गरेर जम्मा भएको रकम रु. ५०,०००।–सम्म जम्मा भए पछि रु.१,५०,०००।– सम्म ऋण लिन सकिने ।
  3. थोरै थोरै नभई एकमुष्ठ रु. ५०,०००।– जम्मा गरे पछिपनि रु. १,५०,०००।– ऋण लिन सकिने ।
  4. ऋण सुबिधा सहित आफुले जम्मा गरेको रु. ५०,०००।– को पनि व्याज दिईने ।
  5. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

दैनिक वचत

“आकर्षक व्याजदर दैनिक मौज्दात माथी, ऐच्छिक बचतको रकम आबश्यकता मा साथी”

उद्देश्यहरु :

  1. दैनिक रुपमा बचत गर्ने वानि सिकाउने ।
  2. थोरैथोरै जम्मा गरी धेरै रकम बनाउन सहयोग गर्ने ।
  3. ब्यापार व्यवसाय गर्ने सदस्यलाई संस्थाको तिर्नुपर्ने एकमुष्ठ रकम तयार गर्न सहयोग पुर्याउने ।
  4. थोरै थोरै रकम जम्मा गरी बिमाको रकम एकमुष्ठ तिर्न सहयोग पुग्ने ।
  5. सदस्यहरुलाई निरन्तर बचत गर्ने कार्यमा संलग्न रहिरहन प्रेरित गर्ने ।
  6. फजुल खर्च जोगाउन मद्धत गर्ने ।

विशेषताहरु :

  1. निःशुल्क बचत खाता खोल्न सकिने ।
  2. सदस्यको घरदैलोमा गई बचत संकलन सेवा उपलब्ध गराईने ।
  3. व्याजदर दैनिक बचतको अवधि अनुसार फरक हुनेछ ।
  4. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  5. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  6. संकलित रकमबाट ऋणी सदस्यले आफ्नो ऋणको किस्ता तिर्न सरल हुने ।
  7. ऋणको किस्ता तिर्न संस्थामा धाउनु नपर्ने ।
  8. पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलव्ध गराईने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
  2. निम्नानुसारका दैनिक बचत खाताहरु संचालन गरिनेछ :
    •   क) ऐच्छिक दैनिक बचत
    •   ख) छ महिने दैनिक बचत
    •   ग) एक बर्षे दैनिक बचत
  3. ऐच्छिक दैनिक बचत खातामा जम्मा गरेको रकम चाहिएको कुनै पनि वेला झिक्न मिल्ने ।
  4. छ महिने दैनिक बचत खातामा जम्मा गरेको रकम छ महिना पुगेपछि मात्र रकम झिक्न मिल्ने ।
  5. एक बर्षे दैनिक बचत खातामा जम्मा गरेको रकम बर्ष दिन पुगेपछि मात्र रकम झिक्न मिल्ने ।
  6. समयावधि नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
  7. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

जेष्ठ नागरिक वचत

“गर्न थालौं वचत यैै सालमा, नपछुताउँ बुढेश कालमा”


उद्देश्यहरु :

  1. जेष्ठ सदस्य प्रति सम्मान दर्शाउने ।
  2. जेष्ठ सदस्यहरुसँग भएको रकमको सुरक्षा गर्ने ।
  3. जेष्ठ सदस्यहरुलाई आवश्यक परेको बेलामा खर्च गर्न रकमको जोहो गर्न प्रेरित गर्ने ।
  4. संस्थाप्रति अपनत्व विकास गराउने ।

विशेषताहरु :

  1. ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी गराईने ।
  2. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  3. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  4. पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका ६० बर्ष माथिका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
  2. न्यूनतम मौजदात रु. १००।– राख्नु पर्ने छ ।
  3. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

खुत्रुके वचत

“थोरै थारै रकम भनि गर्न हुन्न हेला, सयौं थुकि नदी वनाई उन्नती गर्ने बेला”


उद्देश्यहरु :

  1. सदस्यहरुलाई थोरै थोरै बचत संकलन गर्न प्रेरित गर्ने।न गर्ने ।
  2. सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
  3. थोरै थोरै संकलन गरेको रकमले भविश्यमा ठूलो गर्जो टार्न मद्धत गर्ने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. बाल देखि बृद्ध सम्म सबैले प्रयोग गर्न सक्ने ।
  3. जम्मा भएको रकम खेर नजाने ।
  4. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  5. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  6. पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
  2. अधिकतम् जति पनि रकम जम्मा गर्न सकिने ।
  3. न्युनतम् मौज्दात रु. १००।– रहने ।
  4. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

युवा वचत

“बचत गर्न नबसौ पर्खेर, युवा अवस्था आउदैन फर्केर”

उद्देश्यहरु :

  1. युवाहरुलाई थोरै थोरै बचत संकलन गर्न प्रेरित गर्ने ।
  2. युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
  3. थोरै थोरै संकलन गरेको रकमले भविश्यमा ठूलो गर्जो टार्न मद्धत गर्ने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. नियमित रुपमा वचत जम्मा गर्नुपर्ने ।
  3. दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  4. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  5. पास वुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका १८ देखि ४० बर्षका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
  2. खाता संचालन भएको न्युनतम ६ महिना पुगे मात्र युवा स्वरोजगार कार्यक्रममा सहभागी गराईने ।
  3. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

शिक्षा बचत

“सुनौलो भविष्यको लागि शिक्षा, आजै देखी वचत गरे पुरा हुन्छ इच्छा”

उद्देश्यहरु :

  1. सदस्यहरुलाई आŠनो परिवारको शिक्षाको लागि रकम बचत गर्न प्रोत्साहन गर्ने ।
  2. आŠनो परिवारको शिक्षाको लागि रकम आवश्यक परेको वेला सहयोग हुने।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सक्ने ।
  2. घर वा व्यवसायमै वचत संकलन गरिने ।
  3. न्युनतम् मौज्दात रु. १,०००।–
  4. वचत कारोवारका आधारमा शैक्षिक ऋण उपलव्ध गराईने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
  2. नियमित रुपमा ५ वर्ष रकम जम्मा गर्नुपर्ने ।
  3. समयावधि नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
  4. शिक्षा बचत खाता खोलि नियमित कारोबार गरिरहेका सदस्यहरुलाई शैक्षिक ऋण लिनु परेमा
    प्रचलित व्याजदरमा ०.५% कम गरि ऋण प्रदान गरिने ।
  5. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

सुत्केरी वचत

“हातमा हात मिलाउन हामी छौँ तयार, सानो सानो वचतले दिन्छ ठूलो आधार”

उद्देश्यहरु :

  1. सदस्यहरुले थोरै थोरै रकम जम्मा गरेर सुत्केरी भएको बेला हुने खर्चको अभाव बाट जोगाउने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. दैनिक मौज्दातमा व्याज दिईने ।
  3. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
  2. सुत्केरी भए पछि एकमुष्ठ रकम व्याज सहित झिक्न सकिने ।
  3. न्युनतम् मौज्दात रु. १,०००।– हुनुपर्ने ।
  4. एक मुष्ठ रकम सहित थप सुत्केरी खर्च रु. ५००।– उपलब्ध गराईने ।
  5. खाता संचालन भएको न्युनतम ६ महिना पुगे मात्र यस अन्तर्गतको सेवा सुबिधा उपलब्ध गराइने ।
  6. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

पर्व वचत

“आफ्नै कमाई रुपैयाँ रुपैयाँ जोडेर, मनाऔं चाडपर्व अव दिल खोलेर”

उद्देश्यहरु :

  1. सदस्यहरुले चाडपर्वलाई बोझको रुपमा नभई अबसरको रुपमा आफ्नै पैसाले हर्षोल्लासका साथ मनाउन सक्ने बनाउने ।
  2. भविष्यको खर्चको लागि आजैवाट बचत गर्ने वानिको विकास गर्ने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सकिने ।
  2. दैनिक मौज्दातमा व्याज दिईने ।
  3. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  4. पास वुक र भुक्तानी बुक निसुल्क उपलब्ध ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
  2. जुन चाड पर्वको लागि बचत गरिएको सो आउनु भन्दा १५ दिन अगाडिमात्र निकाल्न मिल्ने ।
  3. न्युनतम् मौज्दात रु. १००।– रहने ।
  4. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।

गहना वचत

“साह्रै राम्रो यो बचत योजना, गहना लगाउने पुरा हुने भो सपना”

उद्देश्यहरु :

  1. सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
  2. सदस्यहरुको धनबृद्धीमा सहयोग पुग्ने ।
  3. थोरै थोरै रकम जम्मा गरी गहना खरीद गर्न सक्ने ।

विशेषताहरु :

  1. निःशुल्क खाता खोल्न सक्ने ।
  2. गहना खरिद गर्न रकम झिक्न सकिने ।
  3. बचत खाताको बिबरण पुर्णरुपमा गोप्य रहने ।
  4. दैनिक मौज्दातमा व्याज उपलब्ध गराईने ।
  5. व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
  6. पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलव्ध गराईने ।

सेवा तथा शर्तहरुः :

  1. संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
  2. यस बचत खातामा जम्मा भएको रकम ६ महिनासम्म निकाल्न नपाइने ।
  3. थोरै थोरै रकम जम्मा गरेपछि जम्मा भएको रकमको दुई गुणा सम्म वा अधिकतम् रु. १,००,०००।– ऋण पाउन सकिने ।
  4. यस बचत अन्तर्गत ऋण लिन चाहने सदस्यको बचत खाता तीन महिना अघिबाट सुचारु भएको हुनुपर्नेछ ।
  5. ६ महिना नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
  6. त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।