आफन्त र आफ्नो भनेकै महिला बचत तथा ऋण सहकारी संस्था हो।

महिला बचतबाट ऋण लिएर आफ्नो जीवनमा आमूल परिर्वतन गर्नेमा इटहरी ९ निवासी लक्ष्मी कुमारी चौधरी पनि पर्दछिन्। उनको कथा पनि अरुको भन्दा कम छैन् । २०६६ असार १६ गते महिला बचतको सदस्य भएकी चौधरीले अहिले सिलाई कटाईबाट मासिक २० हजारसम्मको आम्दानी घरमै बसिबसि गरिरहेकी छन् । सदस्य बनेको ६ महिनापछि १० हजार रुपियाँ ऋण लिएर सिलाईको मेसिन खरिद गरेर उनले आफै सिलाई र कटाईको काम थालिन् । 
त्यही चलाएर भएको आम्दानीबाट ऋण तिरिन् र फेरी २० हजार रुपियाँ ऋण लिएर मेसिन थपिन् । मेसिन थपेपछि त्यसको आम्दानीले किस्ता तिर्नुका साथै घरको आर्थिक भार कम हुदै गएको उनले बताइन् । त्यसबेला उनले मासिक १५ हजार रुपियाँ कमाई गर्न थालिन् । त्यसलगत्तै उनले २५ हजार ऋण थप गरेर अर्को मेसिन थपेर बहिनीलाई पनि सिलाई कटाई सिकाइन् । अन्य ४ जना घर गाँउका दिदि बहिनीलाई पनि तालिम दिईकी उनले उनिहरुलाई पनि घरमै रोजगार दिलाइन् । 
अहिले उनको कमाई राम्रो हुन्छ । उनले भनिन् — यदि म महिला बचत तथा ऋण सहकारी संस्थामा नभएको भए प्रगति हुन सक्दैन थियो । आमा, भाई र बहिनीलाई पालन पोषण गर्न नै सक्दिन थिए ।’उनका अनुसार ९ बर्षको हुँदा कमाएर पाल्ने बुबाको मृत्यु भएको हो । जेठी छोरी भएकाले आमा एक्लो हुनुभयो । विद्यालय जाँदै गरेको भएपनि छाडेर आमालाई सघाउनु परेको उनले बताइन् । आफु नपढेर भएपनि भाईबहिनीलाई पढाएको उनको भनाइछ । उनले भनिन्—आमा मात्र हुँदा गाँउ घरमा एक दुई हजार सापटी माग्नजाँदा तेरो ऋण तिर्ने के हैसियत छ ? भन्दै फर्काउथे । 
त्यसबेलाको त्यो अवस्था र अहिलेको अवस्था सम्झदा डाको छाडेर रुन मन लाग्छ । म र मेरो परिवार अहिले खुसी छौ । दूई छाक टार्नका लागि कसैसंग हातपर्सानु परेको छैन्।’ महिला बचतकै कारण आर्फु अगाडी बढ्न सकेको उनले बताइन्। उनले भनिन्—महिला बचत मेरो दुःख सुःखको साथी हो । महिला बचतले गर्दा नै म आफु गरि खान सक्ने भएको छु । यो संस्थाको सदस्य हुन पाउदा मलाई गर्व लागेको छ ।’