“तपाईको कमाई हामी संगको कारोवार,नियमित बचत सुरक्षित भविस्यको आधार”
उद्देश्यहरु :
सदस्यहरुको बचत गर्ने बानीको बिकास गर्ने ।
दैनिक रुपमा गरिने खर्चबाट थोरै थोरै बचत गरी महिनामा कम्तिमा रु १०० बचत गर्न सक्ने बनाउने ।
सदस्यहरुको आर्थिक समृद्धि गर्ने ।
सदस्यहरुलाई निरन्तर बचत गर्ने कार्यमा संलग्न रहिरहन प्रेरित गर्ने ।
विशेषताहरु :
सेयर सदस्यता लिने समयमानै निःशुल्क खाता खोलिने ।
बचतको आधारमा ऋण लिने नीति अबलम्बन हुने ।
बचत नियमित नभएमा संस्थाको नियमानुसार सेवा सुविधा उपलब्ध नगराइने ।
अग्रिम नियमित मासिक बचत जम्मा गर्न सकिने ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
संस्थाका सदस्यहरुले अनिवार्य रुपमा भाग लिनुपर्ने ।
सदस्यता कायम रहुन्जेल निरन्तर खाता संचालन गर्नुपर्ने ।
मासिक न्यूनतम रु. १००।– बचत गर्नुपर्ने ।
बचत नियमित नभएमा मासिक रु. ५।– बिलम्ब शुल्क लाग्ने ।
नियमित बचत खाता बन्द गर्दा रु. १००।– शुल्क लाग्ने ।
अति आवश्यक भएमा न्युनतम् रु. १०,०००।– राखि सो भन्दा माथि जम्मा भएको रकम निकाल्न सकिने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
ऐच्छिक वचत
“हुदाँ बचत गरेमा, गर्जो टर्छ समस्या परेमा”
उद्देश्यहरु :
सदस्यहरुलाई सरल बित्तिय सेवा प्रदान गर्ने ।
सदस्यहरुको आर्थिक कारोबारमा सहयोग पुर्याउने ।
सदस्यहरुले घर तथा पसलमा नगद राख्दा हुने जोखिमलाई हटाउन ।
सदस्यहरुलाई संस्थामा निरन्तर कारोबार गरिरहन प्रेरित गर्ने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सकिने ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
निःशुल्क पासबुक र भुक्तानी पुर्जा उपलव्ध गराईने ।
सेवा तथा शर्तहरुः :
संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
न्यूनतम मौज्दात रु. १००।– हुनुपर्ने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
आवधिक बचत (३ महिने— ३ वर्षसम्म)
आवधिक बचत (३ महिने— ३ वर्षसम्म)
उद्देश्यहरु :
सदस्यहरुको तत्कालै प्रयोगमा नआउने रकमलाई सुरक्षा प्रदान गरिने ।
सदस्यहरुले घरपरिवारमा धेरै रकम लामो समयसम्म राख्दा हुनसक्ने जोखिम हटाउने ।
सदस्यहरुको बचतमा उच्चतम् प्रतिफल प्रदान गर्ने ।
सेवा तथा शर्तहरुः :
संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
न्युनतम रु. ५,०००।– बाट खाता संचालन गर्न सकिने ।
निम्नानुसारका आवधिक बचत खाताहरु संचालन गरिनेछ ।
क) ९० दिने आवधिक बचत
ख) १८० दिने आवधिक बचत
ग) एक बर्षे आवधिक बचत
घ) दुई बर्षे आवधिक बचत
ङ) तीन बर्षे आवधिक बचत
जुन अवधिको आवधिक खाता संचालन गर्ने हो सो अवधि सम्मका लागि एकमुष्ठ बचत जम्मा गर्न सकिने ।
पहिल्यै निश्चित गरिएको समय सम्म रकम निकाल्न नपाइने ।
आवश्यक परेमा जम्मा रकमको ९०∞ सम्म तत्कालै ऋण लिन सकिने ।
आवधिक बचत ऋण लिदाँ आवधिक बचतको व्याजदरमा ३% थप गरि ऋण सुबिधा प्रदान गरिने ।
समयावधि नपुगी खाता बन्द गर्नु परेमा पहिल्यै खातामा प्रविष्टि गरेको तथा पाकेको व्याज रकमबाट साविकको व्याजदरमा ५% का दरले व्याजदर कट्टागरि भुक्तानी गरिने ।
मासिक/त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सकिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
साह्रो गाह्रो बचत
“हातमा हात मिलाउन हामी छौँ तयार, सानो सानो वचतले दिन्छ ठूलो आधार”
उद्देश्यहरु :
सदस्यहरुलाई कार्यलय समय भरीमा जतिखेर पनि स–सानो रकम झिक्न सक्ने सुबिधा प्रदान गर्ने ।
आपत विपत परेको वेला सहयोग हुने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न र वन्द गर्न सकिने ।
जतिपनि रकम जम्मा गर्न सकिने ।
आकस्मिक अवस्थामा रकम झिक्न पाईने ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
खातामा रु. ५,००० भएमा आकस्मिक अवस्थामा रु. २५,००० सम्म १५ दिनको लागि विना व्याजमा ऋण पाईने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
बाल वचत
“बालबच्चाहरुको भविष्य, बचतले पुरा गर्छ सपना अवश्य”
उद्देश्यहरु :
बालबालिका लाई असल संस्कार सिकाउने ।
सानैदेखि बचत गर्ने बानीको विकास गर्ने ।
भविष्यसम्म पनि रकम सहि काममा सदुपयोग गर्न प्रेरित गर्ने ।
भविष्यमा संस्थाको असल सदस्यमा रुपान्तरण गर्ने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सकिने ।
रु.१०।–(दश) देखि माथी जतिपनि रकम जम्मा गर्न सकिने ।
रु. २०,०००।– भन्दा बढी बचत भएमा वाल उत्प्रेरणा कार्यक्रममा सहभागी गराईने ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराईने ।
सेवा तथा शर्तहरुः :
संस्थामा आवद्ध सदस्यहरुका एकाघर परिवारका १६ बर्ष मुनिका बालबालिकाहरुले भाग लिनसक्ने ।
नागरिकता प्राप्त नगरुन्जेल सम्म बचत रकम जम्मा हुने निकाल्न नपाइने ।
समयावधि नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
नागरिकता प्राप्त गरेपछि सदस्य बनेमा खातामा भुक्तानी गरिने । सदस्य नबन्ने भएमा खातामा जम्मा भएको रकम अभिभावक र बाल सदस्यको सहमतिमा बाल बचत बन्द गर्न सकिने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
स्कुटी वचत
“स्कुटी बचतमा जम्मा गरौं पैसा खरखर, अनि चढौं स्कुटी सररर”
उद्देश्यहरु :
सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
सवारी साधनमा अरुको भर पर्नु नपर्ने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सकिने ।
दैनिक मौज्दातमा व्याज दिईने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
थोरै थोरै गरेर जम्मा भएको रकम रु. ५०,०००।–सम्म जम्मा भए पछि रु.१,५०,०००।– सम्म ऋण लिन सकिने ।
थोरै थोरै नभई एकमुष्ठ रु. ५०,०००।– जम्मा गरे पछिपनि रु. १,५०,०००।– ऋण लिन सकिने ।
ऋण सुबिधा सहित आफुले जम्मा गरेको रु. ५०,०००।– को पनि व्याज दिईने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
दैनिक वचत
“आकर्षक व्याजदर दैनिक मौज्दात माथी, ऐच्छिक बचतको रकम आबश्यकता मा साथी”
उद्देश्यहरु :
दैनिक रुपमा बचत गर्ने वानि सिकाउने ।
थोरैथोरै जम्मा गरी धेरै रकम बनाउन सहयोग गर्ने ।
ब्यापार व्यवसाय गर्ने सदस्यलाई संस्थाको तिर्नुपर्ने एकमुष्ठ रकम तयार गर्न सहयोग पुर्याउने ।
थोरै थोरै रकम जम्मा गरी बिमाको रकम एकमुष्ठ तिर्न सहयोग पुग्ने ।
सदस्यहरुलाई निरन्तर बचत गर्ने कार्यमा संलग्न रहिरहन प्रेरित गर्ने ।
फजुल खर्च जोगाउन मद्धत गर्ने ।
विशेषताहरु :
निःशुल्क बचत खाता खोल्न सकिने ।
सदस्यको घरदैलोमा गई बचत संकलन सेवा उपलब्ध गराईने ।
व्याजदर दैनिक बचतको अवधि अनुसार फरक हुनेछ ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
संकलित रकमबाट ऋणी सदस्यले आफ्नो ऋणको किस्ता तिर्न सरल हुने ।
ऋणको किस्ता तिर्न संस्थामा धाउनु नपर्ने ।
पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलव्ध गराईने ।
सेवा तथा शर्तहरुः :
संस्थाका सदस्यहरुले भाग लिनसक्ने ।
निम्नानुसारका दैनिक बचत खाताहरु संचालन गरिनेछ :
क) ऐच्छिक दैनिक बचत
ख) छ महिने दैनिक बचत
ग) एक बर्षे दैनिक बचत
ऐच्छिक दैनिक बचत खातामा जम्मा गरेको रकम चाहिएको कुनै पनि वेला झिक्न मिल्ने ।
छ महिने दैनिक बचत खातामा जम्मा गरेको रकम छ महिना पुगेपछि मात्र रकम झिक्न मिल्ने ।
एक बर्षे दैनिक बचत खातामा जम्मा गरेको रकम बर्ष दिन पुगेपछि मात्र रकम झिक्न मिल्ने ।
समयावधि नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
जेष्ठ नागरिक वचत
“गर्न थालौं वचत यैै सालमा, नपछुताउँ बुढेश कालमा”
उद्देश्यहरु :
जेष्ठ सदस्य प्रति सम्मान दर्शाउने ।
जेष्ठ सदस्यहरुसँग भएको रकमको सुरक्षा गर्ने ।
जेष्ठ सदस्यहरुलाई आवश्यक परेको बेलामा खर्च गर्न रकमको जोहो गर्न प्रेरित गर्ने ।
संस्थाप्रति अपनत्व विकास गराउने ।
विशेषताहरु :
ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी गराईने ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।
सेवा तथा शर्तहरुः :
संस्थाका ६० बर्ष माथिका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
न्यूनतम मौजदात रु. १००।– राख्नु पर्ने छ ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
खुत्रुके वचत
“थोरै थारै रकम भनि गर्न हुन्न हेला, सयौं थुकि नदी वनाई उन्नती गर्ने बेला”
उद्देश्यहरु :
सदस्यहरुलाई थोरै थोरै बचत संकलन गर्न प्रेरित गर्ने।न गर्ने ।
सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
थोरै थोरै संकलन गरेको रकमले भविश्यमा ठूलो गर्जो टार्न मद्धत गर्ने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सकिने ।
बाल देखि बृद्ध सम्म सबैले प्रयोग गर्न सक्ने ।
जम्मा भएको रकम खेर नजाने ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।
सेवा तथा शर्तहरुः :
संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
अधिकतम् जति पनि रकम जम्मा गर्न सकिने ।
न्युनतम् मौज्दात रु. १००।– रहने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
युवा वचत
“बचत गर्न नबसौ पर्खेर, युवा अवस्था आउदैन फर्केर”
उद्देश्यहरु :
युवाहरुलाई थोरै थोरै बचत संकलन गर्न प्रेरित गर्ने ।
युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
थोरै थोरै संकलन गरेको रकमले भविश्यमा ठूलो गर्जो टार्न मद्धत गर्ने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सकिने ।
नियमित रुपमा वचत जम्मा गर्नुपर्ने ।
दैनिक मौज्दातमा व्याज गणना गरिने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
पास वुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।
सेवा तथा शर्तहरुः :
संस्थाका १८ देखि ४० बर्षका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
खाता संचालन भएको न्युनतम ६ महिना पुगे मात्र युवा स्वरोजगार कार्यक्रममा सहभागी गराईने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
शिक्षा बचत
“सुनौलो भविष्यको लागि शिक्षा, आजै देखी वचत गरे पुरा हुन्छ इच्छा”
उद्देश्यहरु :
सदस्यहरुलाई आŠनो परिवारको शिक्षाको लागि रकम बचत गर्न प्रोत्साहन गर्ने ।
आŠनो परिवारको शिक्षाको लागि रकम आवश्यक परेको वेला सहयोग हुने।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सक्ने ।
घर वा व्यवसायमै वचत संकलन गरिने ।
न्युनतम् मौज्दात रु. १,०००।–
वचत कारोवारका आधारमा शैक्षिक ऋण उपलव्ध गराईने ।
सेवा तथा शर्तहरुः :
संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
नियमित रुपमा ५ वर्ष रकम जम्मा गर्नुपर्ने ।
समयावधि नपुगी खाता बन्द गर्नु परेमा खातामा भएको रकममा ५% कट्टागरि भुक्तानी गरिने ।
शिक्षा बचत खाता खोलि नियमित कारोबार गरिरहेका सदस्यहरुलाई शैक्षिक ऋण लिनु परेमा प्रचलित व्याजदरमा ०.५% कम गरि ऋण प्रदान गरिने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।
सुत्केरी वचत
“हातमा हात मिलाउन हामी छौँ तयार, सानो सानो वचतले दिन्छ ठूलो आधार”
उद्देश्यहरु :
सदस्यहरुले थोरै थोरै रकम जम्मा गरेर सुत्केरी भएको बेला हुने खर्चको अभाव बाट जोगाउने ।
विशेषताहरु :
निःशुल्क खाता खोल्न सकिने ।
दैनिक मौज्दातमा व्याज दिईने ।
व्याजदर समय अनुसार प्रतिस्पर्धी हुनेछ ।
सेवा तथा शर्तहरुः :
संस्थाका इच्छुक सदस्यहरुले भाग लिनसक्ने ।
सुत्केरी भए पछि एकमुष्ठ रकम व्याज सहित झिक्न सकिने ।
न्युनतम् मौज्दात रु. १,०००।– हुनुपर्ने ।
एक मुष्ठ रकम सहित थप सुत्केरी खर्च रु. ५००।– उपलब्ध गराईने ।
खाता संचालन भएको न्युनतम ६ महिना पुगे मात्र यस अन्तर्गतको सेवा सुबिधा उपलब्ध गराइने ।
त्रैमासिक रुपमा व्याज गणना गरि खातामा भुक्तानी गरिने ।